भक्तपुरमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिलाको गट्ठाघरस्थित नागरिक अस्पतालमा बिहीबार मृत्यु भएको थियो । ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।

Add
advertise

ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए

मिजारका अनुसार मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको छ । भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ।