विद्यालयमा तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जना पक्राउ

everest kitchen
photo file

चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार दिउँसो १ बजेतिर विद्यालयबाट पक्राउ गरेको हो । निउनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको र पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको जनाएको छ ।