झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

everest kitchen
फोटो फाइल

बाँके । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

banner ad
advertise
Add
advertise

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।