एनआरएन मलेसिया विवाद : अध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष आलेबीच सहमति

everest kitchen
आले बायाँ भट्टराई दायाँ

मलेसिया । गैरआवासीय नेपाली संघ ( एनआरएन) मलेसियामा जारी विवाद साम्य हुने भएको छ । अध्यक्ष हरि भट्टराईले वरिष्ठ उपाध्यक्ष सुन्दर आले विरुद्ध स्थानीय प्रशासनमा हालेको उजुरी फिर्ता लिने भएपछि विवाद समाधान हुने भएको हो ।

अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेकोले आफु असुरक्षित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेपछि र विभिन्न संघसंस्थाको दबाबपछि बुधबार नेपाली राजदूतावास मलेसियाको रोहवरमा विवाद मिलेको एनआरएन मलेसियाका एक पदाधिकारीले जानकारी दिए ।

banner ad
advertise
Add
advertise

ती पदाधिकारीका अनुसार केहि समयअघि ,”एक अनलाइन न्युज पोर्टलमा “एनआरएन मलेशियाका अध्यक्ष र कोषाध्यक्षले श्रमिक कोषको पैसा मिटर ब्याजमा लगाएको आरोप !” शीर्षकमा समाचार प्रकासित भएको थियो । उक्त समाचारमा सुन्दर आलेलाई उद्धृत गरेपछि अध्यक्ष भट्टराईले गलत सुचना दिएको भन्दै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष आले र पुर्वमहासचिव सुनिल चालिसे विरुद्ध उजुरी गरेका थिए ।

आलेले समाचारमा संलग्न नभएको स्पष्ट पार्दै आफुबाट संस्थालाई आँच आउने काम नभएको र कुनै पनि सञ्चारमाध्यमसँग समाचारमा उल्लेख विषय बारे औपचारिक रूपमा कुनै कुरा नगरेको समेत स्पष्ट पारेपछि दुबैजनाले सहमति अनुसार विवाद मिलाउन राजि भएको ती पदाधिकारीले बताए ।

मलेसियामा करिब २ दशक लामो समय रहेका आलेले बिभिन्न संस्था स्थानपना गरेका थिए । मलेसियामा एनआरएन स्थापना कालदेखि नै संस्थामा सक्रिय रहेका आले गत बर्ष उक्त संस्थाको अध्यक्षको लागि प्रमुख दाबेदार थिए । पछि आलेलाई वरिष्ठ उपाध्यक्षमा राखेर भट्टराईलाई अध्यक्ष बनाईएको थियो ।