काठमाडौं र अर्घाखाँचीमा दुईजना मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौमा एकजना ४० वर्षीय पुरुष मृत अवस्थामा फेलापरेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बनस्थली राष्ट्रिय मृगौला अस्पताल नजिकै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई चन्द्रागिरी नगरपालिका सतुङगल बस्ने ४० बर्षीय इन्द्र बहादुर खड्का बिहीबार मृत अवस्थामा फेला परेका हुन । उनको मृत्युको कारण बारे नखुलेको यस बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका-९ रास्कोटी चिउरेथरीस्थित जंगलमा सोही नगरपालिका सिलिङखोला बस्ने ८३ बर्षीय बीर बहादुर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उनको मृत्यु सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।