मलेसियामा “आरएमसीओ” आगामी डिसेम्बर ३१ सम्म थप

everest kitchen


ऐजेन्सी । मलेसियामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नको लागि लागु गरिदै आएको सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ)लाई आगामी डिसेम्बर ३१ सम्म थप गरेको छ ।

यसअघि सुरुवातमा लागु गरेको आवागमन नियन्त्रण आदेश (एमसीओ)लाई केही हदसम्म खुकुलो पार्दै मलेसियाले आरएमसीओ लागु गर्दै आएको छ ।

banner ad
advertise
Add
advertise

मलेसियाका प्रधानमन्त्री तान श्री मुहयिदिन यासिनले स्थानीय सञ्चारमाध्यम मार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै आरएमसीओ आगामी डिसेम्बर ३१ सम्म थपेको घोषणा गरेका हुन । उनले हालसालैका समुदाय स्तरमा देखिएको नयाँ स्थान र दैनिक नयाँ घटनाहरूको संख्यालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको बताए ।

प्रधानमन्त्री यासिनका अनुसार मलेसियामा कोरोना नियन्त्रणमा रहेको तर विश्वव्यपी फैलिएको महामारी भएकोले हालैलाई कोरोना मुक्त हुन सकिदैन । तसर्थ “संक्रामण रोग ऐन” कडा रुपमा पालना गराउदैन जाने र सोही अनुसार संक्रमित क्षेत्रहरुमा आवागमन नियन्त्रण आदेश लागु गरेर जाने बताए । साथै सरकारले लागु गरेको नियमको पालना नगरे कडा निगरानी र कारबाही गरिनेछ उनलेे भने ।

मलेसियामा सबै प्रकारका क्षेत्रहरु खुला गरिएपनि विदेशी पर्यटकको आवागमन रोकिएको छ भने नाईटक्लब र मनोरन्जन आउटलेटहरू पनि बन्द रहनेछन् । यधपी “खेलकुद गतिविधिहरूलाई अनुमति दिएको छ तर यो अन्तर्राष्ट्रिय सहभागी र दर्शक विना हुनेछन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ९ हजार ३० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।