अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपितहरू पक्राउ

everest kitchen
फोटो फाइल

कास्की । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका ३ जना आरोपीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भई हाल कास्की पोखरा महानगरपालिका-२३ बस्ने ४२ वर्षीय बसन्त लामा, सोही महानगरपालिका बस्ने ४५ वर्षीय भरतराज भण्डारी र ४५ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

banner ad
advertise
Add
advertise

उनीहरूले पोखरा महानगरपालिका-२३ बस्ने २९ वर्षीय महादेब सापकोटालाई भदौ ८ गते दिउँसो सोही ठाउँको खहरे खोलास्थित निर्माणाधिन पुलबाट अपहरण पश्चात बसन्त लामाको फ्ल्याटमा थुनी राखेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै सापकोटाको उद्धार गरी प्रहरीले घटनामा प्रयोग भएको बा.१४ च ८२७९ नम्बरको गाडी समेत बरामद गरेको छ ।

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्धामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।