कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८४ जना संक्रमित, मृत्यु १२ जना

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ५७८ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै ३१३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार ५५५ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २०७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप १२ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।