लघुकथा : वैतरण दान

लघुकथा : वैतरण दान

-निमेष आचार्य (सुशील )

विर्खमान मध्यम वर्गको थियो। र उसको दुई भाइ छोरा थिए। जेेठो छोरा सरकारी जागीरे ।तर पनि उसले शहरमा वङ्गला मोटर गाडि जोडेको थियो ।
कान्छो चाहिँ पढे लेखेको भए पनि घर मै वसेेको थियो।अर्थात वृद्ध अामा वुवाको स्यार सुसार गरेर कृषि पेसामा रमाएको थियो।
एक दिन विर्खमान सिकिस्त विमारी भयो।डाक्टर वैेधले जवाफ दिए। हिन्दु परम्परा अनुसार अन्त्य अवस्थामा वैतरणी दान गराई दिने कुरा उठ्यो।सबै उपस्थित आफन्त जनले सहमति जनाए।
कान्छाले आफ्नै गोठको अलि धेरै दूध दिने गाई दान गर्ने उद्घोस गरे।तर भाईको कुरामा असमति जनाउँदै आधुनिकतामा रमाएको दाजुले भने।
—- भाइ त कुन दुनियामा छस्। वाईसौ सताव्तीमा पनि त वैरणी दानमा गाई दान गर्ने कुरा गर्छस । गाई होइन बाईक दान गर्नु पर्छ । किनभने वैतरणी नदिमा पुल बनी सक्यो।
दाजुको यस्तो कुरा सुनेर मेरो मन प्रफुलित भयो । किनभने म उनिहरुकै पुरेत थिए।र वाईक भयो भने एक दिन चार पाच घर श्राध्द गराउँन पनि भ्याउछु ।

सरस्वती टोल
विराटनगर – ७