कोरोना संक्रमित छोरा वितेको केही समयमा आमाको पनि मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण आमाछोराको एकै दिन मृत्यु भएको छ ।

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएकोे प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

banner ad
advertise
Add
advertise

आमाछोरा नै अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या , उच्च रक्तचापको समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।

मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।