कोरोना प्रकोप : आज मलेसियामा १ जनाकाे मृत्यु, १७ जना नयाँ बिरामी

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे लामो समय पछि एकजनाकाे पनि मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको अद्यावधिक विवरणले देखाउने गरेको छ।

banner ad
advertise
Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२६ रहेकाे छ भने ९ हजार ३३४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा १० जना डिस्चार्ज भएपछि ९ हजार ४८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १६० मा सक्रिय संक्रमण रहेको छ ।