टिकटक नातिनी : प्रा.विश्वराज अधिकारी

प्रा.विश्वराज अधिकारी

लघुकथा : टिकटक नातिनी

प्रा.विश्वराज अधिकारी

उमेरले मात्र सात वर्ष भर्खर ग्रेड एकमा अन्तिम परीक्षा नदिइ दुई कक्षामा चढेकी नातिनीको भैमा खुट्टा छैन ।बिचरा दश के.जीको झोला बोकेर करिब पन्ध्र मिनेट हिडेर बोडिङ्ग स्कुल जान्थिन् । पाना च्यातिएका किताब र नोट कपी शिक्षकहरूलाई देखाउदै मख्ख पर्ने गर्थिन् ।खाजाको लागि लगेको एउटा केरा भुटेको चिउरा र चाउ चाउले साथी भाइलाई सान देखाउथिन् ।यसरी नै उनका दिन बितेका थिए ।तर एका एक उनको दिन चर्या बदलियो ।

banner ad
advertise
Add
advertise

कोरोना-१९ का कारण बन्दा बन्दीमा परेकी उनी न स्कुल ,न गृहकार्य, न हजुर बा न हजुर अामासँग कल झगडा ।उनका दिन फेरिए मोबाइल अाइप्याड र घरी घरी कम्प्यूटर मात्र उनको संसार ।अाफूभन्दा ठूला दिदी दाइ काका काकीले बनाएको टिक टक हेर्दा हेर्दै उनी पनि टिक टक मोहमा परिन् बिचरा ! बिहान बेलुका गृहकार्य गर्ने, फूर्सदमा साथी भाइसँग खेल्ने ,स्कुल जाने अाउने नातिनी कोठा भित्र घण्टौं बस्न सक्ने भइन् ।कहिले जामा कहिले पाइन्ट कहिले सारीमा टिक टक बनाउन थालिन् ।कहिले गाजल कहिले लिपिस्टिक अनुहारमा पोतेर विभिन्न अभिनयमा टिक टकको अभ्यास जारी नै रह्यो।हजुर बा हजुर अामालाई पनि हाईसन्चो न खाने कुरामा कच कच ,न घुमाउने कुरामा कचकच ,न पैसा दिएर चाउचाउ किन्न जा भन्ने पिरलो ।

छोटा मिठा गीतमा टिकटक बनाएर हजुर बा लाई देखाउँदा नातिनीको टिकटक प्रयासलाई प्रोत्साहन नै गरे ।तर एक दिन नातिनीले अर्को कोठामा टिकटक बनाएर पोष्ट गरेको भिडीयोले बुढा त थचक्कै बसे ।नातिनीको टिकटक विषयवस्तु यस्तो थियो ।

माछा माछा भ्याकुतो यसपालिको तिज……ए बुढा खुट्टा मिच……अनि बल्ल भात घिच तेरा बाउ अामा पाल्दिन देवघाट तिरै फाल्दिम अादि।यस्ता टिकटकबाट सिकेका कुराले भविष्यमा नातिनी ठूली भएपछि साँच्चै के होली कस्तो संस्कार सिक्ली भन्ने पिरलोमा हजुर बा अोछ्यानमा थला परे ।नातिनी भने बिरामी हजुर बा को टिकटक बनाउन थाली ।।