बाँके र स्याङजामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

everest kitchen

काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको

छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३ वर्षीय लिलाधर खड्का र घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको   छ ।

banner ad
advertise
Add
advertise

खड्कालाई सर्पले टोकेर घाइते भएपश्चात उपचारका लागि लैजाने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै स्याङजाको वालिङ नगरपालिका-५ माझकोटस्थित सडकमा बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगिनी र सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।