पर्वत, मुगु, नवलपरासी, चितवन र दाङमा ५ जना मृत अवस्थामा फेला

everest kitchen
साङ्केतिक तस्बिर

काठमाडौं । पर्वत, मोदी गाउँपालिका–५ पातिचौर बजारमा कपडाको पसल गरी बस्ने ३३ वर्षीय खेम राज अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार खसी खोज्न भनी सोही गाउँपालिका–५ बाजुङ सिमली खेत गएकोमा घर नफर्की सोही ठाउँ बस्ने कर्ण बहादुर कुंवरको घरमा बास बसेका उनी सुतिरहेको कोठामा मृत फेला परेका हुन् ।

banner ad
advertise
Add
advertise

मुगु, सोरु गाउँपालिका–६ सोरो बजारबाट करिब ३ सय मिटर टाढा सोरुतारापानी जाने बाटोमा करिब ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व), गैडाकोट नगरपालिका–११ भेडाबारी पितौजीघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका–३ न्यूरोडस्थित लाफा होटल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका–११ तेरेनीस्थित पत्रेफाल्ने खोलाको कुलोमा तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने ४० वर्षीय तेज बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।