विप्लव समुहका उमा भुजेल र सुमनसिंह पौडेल अदालतबाट छुटे लगत्तै फरार

everest kitchen
उमा भुजेल
सप्तरी । राज्य पक्षले पक्राउ गरेर जिल्लापिच्छे मुद्दा चलाउँदै आएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता आइतवार सप्तरीबाट फरार भएका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाद्वय नेता उमा भुजेल र  सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका हुन्।

banner ad
advertise
Add
advertise

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरिएको थियो।

त्यसपछि प्रहरीले फेरि पक्राउ गर्ने सूचना पाएका उनीहरु अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर  फरार भएको  सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले बताए।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिएको थियो।

फरार भएका उनीहरुलाई अहिले प्रहरीले  चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो।

जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए।  सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।