सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन पक्राउ

everest kitchen

कास्की । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरि र सोही महानगरपालिका-२ हरिचोक ठेगाना भएका २२ वर्षीय असिम भण्डारी रहेका छ्न ।

Add
advertise

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निर्दोष र असिमलाई आफ्नै घर ठेगाना र ऋषिरामलाई सोही महानगरपालिका-२६ बिजयपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।