६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७ बिरौटा बस्नेहरु तनहुँ शुक्लागण्डी-१२ घर भएका २३ वर्षीय संजोक बिक र २० वर्षीय शिलास बिक रहेका छन् ।

Add
advertise
banner ad
advertise

पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्री बितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीले ग.९ प ६०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बाराको देवताल गाउँपालिक-२ दक्षिण झिटकैया टोलस्थित सडकबाट एकसय एमएलको ५९ बोतल नियन्त्रित लागूऔषध विनरेक्स सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २२ वर्षीय कृष्ण कुमार साह र १६ वर्षीय किशोर रहेका छन । प्रहरी चौकी दक्षिण झीटकैया बाराबाट खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रमम उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।