नेपालमा गएको २४ घण्टामा ८ सय ९९ संक्रमित , मृत्यु हुने ७ जना


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ९९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ९९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ८२२ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै ५८८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २१ हजार ४१० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २२८ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ७ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।