जबरजस्ती बालबालिका करणी गरेको अभियोगमा एक युवा पक्राउ

everest kitchen


कपिलवस्तु ।‌कपिलवस्तुमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।

मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।