काेराेना: विश्वभरि २ करोड ५६ लाखबढी संक्रमित, ८ लाख ५५ हजारबढीको मृत्यु

everest kitchen
photo file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ५५ हजार १०६ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर २ करोड ५६ लाख ५५ हजार ४०० मा देखिएकाे संक्रमित मध्ये १ करोड ७९ लाख ५४ हजार ८७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

banner ad
advertise
Add
advertise

काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म १ लाख ८७ हजार ७३७ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ६२ लाख ११ हजारबढी संक्रमण देखिएकाेमा ३४ लाख ५६ हजार बढीले स्वास्थ्य लाभ गरेका छन ।

अमेरिका पछि धेरै मर्नेकाे सङ्ख्यामा ब्राजिल रहेको छ । ब्राजिलमा ३९ लाख १० हजार बढीमा संक्रमण हुदा १ लाख २१ हजार ५१५ lजनाले ज्यान गुमाएका छन ।

त्यस्तै विश्वकै धेरै संक्रमितमध्ये तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ३६ लाख ९४ हजार बढिमा संक्रमण हुदा ६५ हजार ४६९ जनाले ज्यान गुमाएका छन् भने २८ लाख ४० हजार बढीले स्वाथ्य लाभ गरेका छन् ।