नेपालमा गएको २४ घण्टामा १ हजार ६९ संक्रमित , मृत्यु हुने ११ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ६९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ६९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ११२ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै ७६८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २२ हजार १७८ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २३८ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ११ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।