बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने

everest kitchen
फोटो फाइल

सुरेन्द्र महतो

बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ ।

बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन सरकारले ४ बर्ष पहिले नै रोक्का गरिसकेको रहेछ । यी ५ बर्षको अब्धिमा दुईवटा प्रधानमन्त्री ,तिन वटा मन्त्री र पाँच वटा सिडियो फेरियो तर जुन जन्ताको जग्गा रोक्का भएको छ ती सर्बसाधारन जन्ताको समस्या यथाबत नै रहेको कुरा महोत्तरी क्षेत्र न. १ का प्रदेश सभा सदस्य शारदा थापाले बताए ।

Add
advertise
banner ad
advertise

सुरुवात देखि अहिलेसम्म जे समस्या थियो । त्यस्मा अलिकति पनि फेरबदल नभएकोले अब यो समस्याको समाधान हुनुपर्छ । जन्ताले निकास र विकास पाउनु पर्छ, बिकासको काम रोकिनु हुदैन र अर्को कुरा सरकारले जग्गाको मुआब्जाको दर रेट नतोकेको र जन्ताले पनि मेरो जग्गाको यति दर रेट पाउनु पर्छ भनेर न भनिरहेको अवस्थामा अन्योलमा परेको छ थापाले भने । मुअब्जाको कुरा टुङ्गो लगाउने हैन भने जन्ताको जग्गा फुकुवा हुनु पर्छ भनेर माग लिएर काठमाडौ गएको उनले वताए।

थापाका अनुसार यसै क्षेत्र बाट निर्बाचित शिक्षा मन्त्री गिरिराजमणि पोखरेल , राष्ट्रिय सभाको उपाध्यक्ष सशिकला दाहाल , महोत्तरी क्षेत्र न.१ प्रदेस सभा सदस्य सारदा थापा, महोत्तरी प्रमुख जिल्ला अधिकारी र नेकपाको पार्टी इन्चार्ज गरि ५ जनाको टोलिले यातायात तथा भौतिक पूर्वाधार मन्त्री सङ्ग बसन्त नेम्वाङ्ग संग छलफल गरेकाे थियो । बर्दिबासको जग्गाको मुल्य किन धेरै बढी छ भनेर कुरा चलिरहेकोले यहाको बित्तीय संस्थाको कारोबार, मालपोत तथा नापि कारोबार र नगरको आयकरको कारोबार गरि सम्पुर्ण आधार पत्र पनि बुझाईएको थियो ।

सम्पुर्ण कुरा हरु हेर्दा र बर्दिबासको जन्ता निकै नै मारमा परेको हुनाले मन्त्री जि यो समस्या समाधान गर्न सकारात्मक रहेको र अब अन्तिम चरनमा गएर जग्गाको उचित मुल्यांकन गरि मुआब्जा वितरण गरिने निष्कर्षमा पुगेको कुरा थापाले जानकारी दिए।

प्रदेशसभा सदस्य सारदा थापाका अनुसार असोज १० सम्म रेल्वे जग्गाको मुआब्जा समाधान भइसक्ने गरि रेल्वेको जग्गा मुआब्जा सम्बन्धित बनेको समितिहरुले काम थालेको बताइन् । चित्त बुझ्ने हिसाबले अबको १ महिना भित्रमा मुआब्जा दिने कामको पुर्णता दिन मन्त्रीबाट नै आदेश आएकोले अब छिटोभन्दा छिटो हामी जन्ताको समस्याको समाधान गर्नेछौ र जन्तालाई अब केही दिन मात्रै पर्खिनु पर्ने र उचित मुआब्जा पाउनु हुन्छ भन्ने जानकारी गराउँछ थापाले भनिन् ।