गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने

everest kitchen

काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो ।

यूएईको शारजाहबाट पीसीआर परीक्षण गरेका र नगरेका १ सय ६१ नेपाली यात्रु बोकेर भदौ ९ गते काठमाडौं अवतरण गरेको उडानमा एयर अरेबियाको त्रुटि देखिएको भन्दै संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रुहरूको होटल क्वारेन्टाइन खर्च उक्त कम्पनीले व्यहोर्नुपर्ने निर्णय गरेको छ ।

Add
advertise
banner ad
advertise

उक्त उडानमा १ सय ४२ जनाको पीसीआर नेगेटीभ, १८ जनाले आरडीटी जाँच गरेका थिए भने एक जना यात्रु कुनै पनि जाँच नगरी नेपाल आएको पाईएपछि सबैजना होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पीसीआर गरेका १४२ जनाको क्वारेन्टाइन खर्च व्यहोर्नुपर्ने भएको हो ।

साथै मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको उडान हुने गन्तव्यहरुमा उनीहरूको भाडादर भन्दा बढि नहुने गरि नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सको नियमन तथा निर्देशन गर्न नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिएको छ ।