सम्पत्ती विवरण : विश्वविश्रुत विकास

विश्वविश्रुत विकास

लघुकथा : सम्पत्ती विवरण

विश्वविश्रुत विकास

“ओई ! मलाई त सरकारी जागिरेले प्रपोज गर्यो नि !”, दिदीले दङ्ग पर्दै सुनाई । फेरि थपी- “पैसाले गरीब निजामती कर्मचारी हुँ । सुख दिन नसके पनि दु:ख दिन्न- भन्दै थियो । के गर्नु ? हुन्छ भन्दीउँ कि नभनू होउ ?” मैले सोचे- ‘त्यसको सान देखाउँने तरिका पनि हदैको रहेछ । हाँम्ले चाहीँ सरकारी जागिरेको चालढालै नदेखेको जस्तो । कति न पैसाले गरीब रे !’

सरकारी जागीरे हो कसो नपाल्ला भनेर बुबाआमाले पनि दिदी दिए । दिदी माइतीघर आउँदा जाँदा उनको चालढाल र चुदुर्बुदुर अरु जागीरेका श्रीमती जस्तो देखिएन ।

साउने पानी छल्न आएकी दिदीलाई पुर्याउन म उनको घर गए । हेर्दा पनि सरकारी जागीरे भन्नै नसुहाउँने भिनाजु एउटा फाराम भर्दै थिए । अनि फोनमा केही सोध्दै पनि- “महोदय ! यसपाली पनि एउटा मात्र बाख्रो ? अस्ति त बाख्रो ब्याउँछ, बोका पायो भने त यति हजारको बनाउँछु भनेको हैन ? बच्चाको विद्यालयको शुल्क पनि तिर्न पुग्छ भनेको हैन ? ए ! ला… तुहायो पो ? …च्वँ…च्वँ… अरु सबै पोहोर्को जस्तै ? ए ! … हुन्छ- हुन्छ ।” उनले फाराम भरी सके । मैले घाँटी तन्काएर हेरे ।

फेरि अर्को फाराम झिके र आफ्नु नाम लेखे । फाराममा धेरै शीर्षक र महलहरू थिए । ऋण महलमा अली छिट्छिटो हात चलाएका उनले घर, जग्गा, चल, अचल, सुन, चाँदी, नगद, बैंक मौंज्दात लेखिएको महलमा पुगेपछि भने बेस्सरी घोरिए । मधुरो स्वरमा फतफताउँदै भने- “यो सप्पै थाहाँ पाई भने त बल्लतल्ल बिहे गरेकी श्रीमतीले पनि छोड्ली भन्ने डर । मेरो कानमा -‘पैसाले गरीब निजामती कर्मचारी।’ भनेका शब्द प्रतिध्वनित भए ।

बल्ल मैले बुँझे- ‘कालोधन आर्जनप्रति वितृष्णा भएकाहरूका लागी सरकारी जागीर अरुको मुख मिठासका लागि मात्र राम्राे लाग्ने रै’छ ।’

बेलबारी, मोरङ