नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने

everest kitchen

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हाललाई राष्ट्रियसभाबाट एकजना सदस्यलाई फिर्ता बोलाएर अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता बारे कुनै पनि निर्णय नगरेको बताए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो ।