पीसीआर नगरेका १ व्यक्ति मिसिएपछि २ सय १३ यात्रु होटल क्वारेन्टाइनमा

everest kitchen


काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ ।

नारिताबाट बुधबार राति काठमाडौं आएको उक्त जहाजमा एकजना यात्रुले पीसीआर नगरेको पाएपछि जहाजमा रहेका सबै यात्रुलाई एक साता होटल क्‍वारेन्टाइनमा राखिएको हो ।

Add
advertise
banner ad
advertise

सरकारले आरडीटी र पीसीआर परीक्षण भएका र नभएका यात्रु मिसाएर ल्याउन नपाउने गरी भदौ १६ गतेदेखि नियमित उडान खुला गरेको थियो । सरकारले लागु गरेको उक्त नियम उल्लंघन गरेकाले अब सबै यात्रु निगमकै खर्चमा ७ दिन होटल क्‍वारेन्टाइनमा बस्नुपर्नेछ ।

निगम प्रवक्ता अर्चना खडकाका अनुसार नारितामा भएका निगमका कर्मचारी लकडाउनअघि नै नेपाल आइसकेको र उता फर्कि नसकेकोले त्यहाँ स्थित एक एजेन्ट कम्पीलाई बोर्डिङ गरेर पठाउने जिम्मा दिएको थियो । उक्त एजेन्ट कम्पनीका कर्मचारी झुक्किदा एकजना यात्रु मिसिन पुगेको र यसले निगमलाई घाटा लागेको उनले बताइन् ।

त्यस्तै यसअघि पनि युएईबाट उडान भरेको एयर अरबिया, मलेसियाबाट उडान भरेको मालिन्डो एयर लगायतले यस्तै गल्तिका कारण होटल क्वारेन्टाइन खर्च व्यहोर्नुपरेको छ ।