विवाद हुदा छिमेकी हत्या गरि मृतकको टाउको लिएर प्रहरीमा आत्मसमर्पण

everest kitchen
photo file

काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ । बिहीबार राति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् ।

गएको बिहीबार राति करिब साढे १० बजे परियाले गुरुङको खुर्पाले प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धादिङले जनाएको छ । आन्तरिक विवाद हुदा साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् ।

प्रहरीका अनुसार घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि गएका थिए ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको जनाएको छ ।