मोरङ र नवलपरासीमा करेन्ट लागेर दुईजनाको मृत्यु

everest kitchen
फाइल फोटो

काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका थारुको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।