कति घण्टा सुत्ने ?

everest kitchen

डा.रविन्द्र पाण्डे
कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ ।

हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।

हामी रातिमा ७-९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ । जसले गर्दा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

हामी कति घण्टा सुत्नुपर्छ ?

१४- २५ बर्षको उमेरको व्यक्तिलाई = ८- १० घण्टा
२६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा