सिरहामा पेस्तोलसहित ३ जना युवा पक्राउ

everest kitchen

जनकपुरधाम । सिरहा प्रहरीले मिर्चैया नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरेकाे छ ।

प्रहरीले को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।