मलेसियामा एकै दिशामा हिडेका दुई रेल दुर्घटना

everest kitchen
photo : the star

ऐजेन्सी । मलेसियामा एकै दिशामा हिडेका दुई रेल (ट्रेन) दुर्घटना परेका छन् । एक स्टेसन नजिकै बिधुतिय सेवा रेलले ( ईटीएस) ले अर्को कम्मुटर रेल(केटिएम) लाई ठक्कर दिएको थियो ।

केटीएमबीका सीईओ दातुक कमरुलजामान जैनालका अनुसार दुर्घटनामा केहि पेसन्जर सामान्य घाइते भएका  उपचारमा  छन्  भनेे बााँकी यात्रुलाई यात्रा सहजताको लागि तुरुन्तै वैकल्पिक रेल मार्फत गन्तव्यमा पुर्याएको छ ।

Add
advertise
banner ad
advertise

केटिएमरेल सेम्वान राज्यको तान्जु मलिमबाट सुंगाई बुलोह स्टेसनतर्फ जाँदै थियो भने ईटीएस पाडाङ बेसारबाट क्वालालम्पुर सेन्ट्रल स्टेशन जाँदै थियो । दुर्घटनाको कारण खुलि नसकेको र यस बारेमा अनुसन्धान थालिएको स्थानीय सञ्चारमाधयले उल्लेख गरेका छन् ।