बेसाबुत भरुवा बन्दुक बरामद

everest kitchen

बर्दिया । गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।