देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको निधन

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । पाल्पा, रम्भा गाउँपालिका-५ आर्यभञ्याङस्थित सडकमा ना.३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको शनिबार दिउँसो निधन भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचारको क्रममा निधन भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Add
advertise
banner ad
advertise

सल्यान, दार्मा गाउँपालिका-२ छरीखोलास्थित सडकमा रा.१ त २५०१ नम्बरको ट्रयाक्टरबाट झर्ने क्रममा लड्न जाँदा सोही गाउँपालिका सिमलपुर बस्ने ४९ वर्षीय भद्रे खत्रीको शनिबार दिउँसो घटनास्थलमै निधन भएको छ ।

ट्रलीमा सवार खत्री एक्कासी बेहोस भएर लडेको बताइएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-५ तारखाना पुलस्थित सडकमा स.१० प ५४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक सुरुङगा नगरपालिका-७ बस्ने २३ वर्षीय गाया प्रसाद चौधरीको निधन भएको छ ।

दुर्घटनामा घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका-७ रम्मापुर बस्ने तुलराम थारुकी छोरी ५ वर्षीया स्मारीका थारुको ट्रयाक्टरको ट्रलीबाट खसेर शनिबार दिउँसो निधन भएको छ ।

सोही ठाउँमा पार्किङ गरी राखेको ट्रयाक्टरको ट्रलीमा खल्ने क्रममा एक्कासी ढाला खुल्न गई स्मारीका भुईमा खस्दा उनको घटनास्थलमै निधन भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।