कोरोना प्रकोप : आज मलेसियामा ६२ जना नया बिरामि, साबाह राज्यमा अत्याधिक, विदेशी धेरै

everest kitchen


क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६२ जना रहेकाे छ ।

आजको ६२ जना संक्रमित, पछिल्लो समयमै सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो । जसमा साबाह राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने आजको तथ्यांकमा स्थानीयमा भन्दा विदेशीमा संक्रमण बढी देखिएको मलेसियन स्वास्थ मन्त्रालयले बताएको छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा ९ जना डिस्चार्ज भएपछि ९ हजार १२४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २०७ मा सक्रिय संक्रमण रहेको छ ।