बहुविवाहका मुद्दाका पलायित प्रतिवादी नियन्त्रणमा

everest kitchen
photo file

काठमाडौं । तनहुँ, वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहु विवाह मुद्दामा १ वर्ष ६ महिना कैद र ५ हजार जरिवाना ठहर भई उक्त कैद मध्ये १ वर्ष ५ महिना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका उनलाई प्रहरीले उनकै घर वतनमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत तनहुँमा पेश गरेकोमा उक्त अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।