आज मलेसियामा पछिल्लो समयकै सबैभन्दा धेरै १ सय जना नयाँ बिरामी थपिए

everest kitchen
.

हिमाल टाईम्स संवाददाता
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

आजको १०० जना संक्रमित, पछिल्लो समयमै सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो । जसमा साबाह राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने आजको तथ्यांकमा स्थानीयमा भन्दा विदेशीमा संक्रमण बढी देखिएको मलेसियन स्वास्थ मन्त्रालयले बताएको छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १२ जना डिस्चार्ज भएपछि ९ हजार १३६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २९५ मा सक्रिय संक्रमण रहेको छ ।

यसअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढ्न थालेको पछिल्लो तथ्यांकले देखाउने गरेको छ । हिजो मात्रै मलेसियामा ६२ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ८ लाख ९७ हजार ९२ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ७५ लाख ४ हजार ६९३ रहेकाे छ । १ करोड ९५ लाख ९७ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।

विश्वभरिको महामारी सगै नेपालमा संक्रमितको सङ्ख्या पनि बढेको छ । पछिल्लो समय नेपालमा ४८ हजार १३८ संक्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ३२ हजार ९६४ रहेको छ। गएको २४ घण्टामा नेपालमा ६ जनाको निधन भएसंगै निधन हुनेको सङ्ख्या ३ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।