लघुकथा : “इकोसिष्टम”

शिव कोइराला

कुखुरा, बाख्रा लगायत मांस प्रयोजन घरपाला पंक्षि तथा जनावरहरुको संयुक्त मिटिङ बसी भगवानलाई माग सहितको बिन्तिपत्र बुझाउने निर्णय गर्यो।बिन्तिपत्रको मुख्य ब्यहोरा यस्तो थियो ।

प्रभु, हामी प्रती घोर अन्याय भो। कुकुर , बिरालो कसैले काटेर खादैन। पूरापूर आयु बाँच्न पाउँछन् । हामीलाई मात्र बली चढाउने अनि काटेर खाने ! अत याे प्रचलनको तुरून्त अन्त्य गरियोस् । नत्र..

पीडित घ.पा.प.प. समुह बिन्तिपत्र बुज्दै प्रभु मुस्कुराउनु भो र भन्नू भो के अब तिमीहरूलाई स्वतन्त्र, छाडा छाडिदिदा हुन्छ त ! मन्जुर छ ? सजिलै आफ्नो माग संबोधन हुने छाटकाट देखेर प्रतिनिधिहरु खुसीमा धन्नै उफ्रेर सन्तुष्टी प्रकट गरे।

प्रभुले बिस्तारै भन्नू भो ल अब त्यसो हो भने तिमीहरु प्रतिनिधि मिलेर सबै आआफ्नो जातिका प्राणीको तुरुन्त खाना र बासको बन्दोबस्त गर्नु ता कि आजैदेखि कुनै एउटा प्राणीले पनि भोकमरीले मर्नु नपरोस् । भविष्यमा लोपोन्मुख भएर कुकुर र बिरालोको हालत नहोस् ! यति सजिलै ईकोसिष्टमको पिरामिडको विज्ञान छर्लङ्ग भएपछि प्रतिनिधि मण्डल मागपत्र फिर्ता लिई बाटो लागे।