आज मलेसियामा २४ जना नया बिरामि थपिए, ७ जना निकाे भए

everest kitchen

 

क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ९ हजार १४३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ३१२ मा सक्रिय संक्रमण रहेको छ ।

यसअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढ्न थालेको पछिल्लो तथ्यांकले देखाउने गरेको छ । हिजो मात्रै मलेसियामा १०० जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख २ हजार ५५० रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ७७ लाख १ हजार ९८४ रहेकाे छ । १ करोड ९८ लाख ५३ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।

विश्वभरिको महामारी सगै नेपालमा संक्रमितको सङ्ख्या पनि बढेको छ । पछिल्लो समय नेपालमा ४९ हजार २१९ संक्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ३३ हजार ८८२ रहेको छ। गएको २४ घण्टामा नेपालमा ६ जनाको निधन भएसंगै निधन हुनेको सङ्ख्या ३ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।