राजतन्त्र गएपनि गणतन्त्र नेपालका नवराजाहरुले सलामी खान छोडेनन

everest kitchen
फोटो केही समय पहिलेको हो

समीर मल्ल
बझाङ । खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाको टेवुल माथी चढेर सलामी खादै गरेको तस्वीर सामाजिक संजालमा भाईरल भएको छ । यो तस्विर अहिलेको नभएर करिब ७ महिना अघिको हो । रोकाया मात्र होईनन् नेपालका यस्तै थुप्रै स्थानीय तह प्रमुख तथा जनप्रतिनिधि यस्तै शैलीबाट बद्नामित बनेका छन् ।

यो तस्विर भाईरल हुनुका थुप्रै कारण छन् । बझाङका अहिले सम्म कुनै पनि स्थानिय तहका प्रमुखले यसरी राजाशैलीमा सलामी नखानु, अध्यक्षलाई सल्लाहकार दिने कार्यकर्ता गतिलो नहुनु र सामाजिक स‌जालमा भाईरल भएका अरुको तस्विरको देखासिकी गर्नु लगायतका विषयले पनि यो तस्विर भाईरल भएको हो ।

हामीले भाईरल भएको तस्विरका विषयमा कार्यक्रम आयोजना भएको विध्यालयका प्रधानाध्यापक तुलसी प्रसाद जोशी संग जानकारी लिदा भाईरल भएको तस्विरके यस्को वास्तविकता भने यस्तो थियो । गएको फागुन ६ गते देखि ११ सम्म खप्तडछान्ना गाँउपालिकाको महेश्वरी मावि गडरायमा पनि अरु गाउँपालिका जस्तै गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको आयोजना भयो ।

कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि थिए गाउँपालिका अध्यक्ष बर्क रोकाया । उद्घाटन समारोहमा विध्यार्थीहरुले मार्चपास गरे र अध्यक्षलाई मार्चपासका बेला सम्मान पूर्व एउटा टेवुल माथि चढेर सलामी खान लगाइयो । अध्यक्षले आफेले नभई उनले अरुको सल्लाहमा सलामी खाएको पाईन्छ । सबैले सलामी खाएका तस्विरत अईरहेकै छनि भन्ने सल्लाह पाए पछि उनी सलामी खान तयार भएको