आज मलेसियामा ४५ जना नया बिरामि थपिए, २४ जना निकाे भए

everest kitchen

क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ६२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २४ जना डिस्चार्ज भएपछि ९ हजार १६७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ३३३ मा सक्रिय संक्रमण रहेको छ । यो पछिल्लो बढदो सङ्ख्या हो।

यसअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढ्न थालेको पछिल्लो तथ्यांकले देखाउने गरेको छ । हिजो र अस्ति मात्रै मलेसियामा १२४ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख ८ हजार ४७५ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ८० लाख ५२ हजार २२२ रहेकाे छ । २ करोड १ लाख २० हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।