अबदेखि १४ दिन होम क्वारेन्टाइन बसेपछि लक्षण नदेखिए कोरोना परिक्षण गर्न नपर्ने

everest kitchen
photo file

काठमाडौं । नेपालमा अब १४ दपन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए परिक्षण गर्न नपर्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयक‍ नियमित प्रेस ब्रिफिङमा प्रवत्ता जागेश्वर गौतमले यस्तो बताएका हुन । उनका अनुसार” अबदेखि विदेशबाट आउदा वा एक जिल्लाबाट अर्को जिल्ला जादा तथा उपत्यकाबाट गाउँ र गाउँबाट उपत्यका आउदा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र लक्षण नदेखिए कोरोना परिक्षण गर्न नपर्ने गरि व्यवस्था गर्न लागेको बताएकाे छ ।

त्यस्तै नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २ सय २६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो केहि दिनयताको तथ्यांकअनुसार यो स्थिर सङ्ख्या हो ।

त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ४ सय ४८ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै गएको २४ घण्टमा १ हजार ८ सय १८ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३५ हजार ७ सय जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या बढेपनि निको हुनेकाे दर पनि बढेको तथ्यांकले देखाउछ । हिजोमात्रै करिब १७ सय संक्रमित निको भएका थिए ।

त्यस्तै नेपालमा हालसम्म ३ सय १७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ५ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाउने गरेको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख ८ हजार ४७५ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ८० लाख ५२ हजार २२२ रहेकाे छ । २ करोड १ लाख २० हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।

विश्वमा सबैभन्दा बढि प्रभावित संयुक्त राज्य अमेरिका रहेको छ भने दोस्रोमा कोरोना प्रकाेप प्रभावित ब्राजिल रहेको छ । तेस्रोमा भारत रहेको विश्व स्वास्थ संगठनको तथ्यांकले देखाउने गरेको छ । भाइरसको सुरुवाती चपेटा भोगेको चीन भने नियन्त्रण उन्मुख देखिएको तथ्यांकले देखाएको छ ।