नेकपा भित्रको कुर्सीको सेरोफेरो

everest kitchen
.

विपेन उलङगे

काठमाडौं । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्थायी समिति बैठक सम्पन्न भएको छ । नेकपा भित्रको गुटगत विवाद र कुर्सी तथा पदयी सेरोफेरोलाई बैठकले केहि हदसम्म समाधानको प्रयास गरेको बुझिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा अध्यक्ष द्धय केपी शर्मा ओली र प्रचण्ड वीच आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । तर पछि अर्का अध्यक्ष ओलीले सरकार र पार्टीको नेतृत्व आफुलेनै गर्ने र पहिलो तहको अध्यक्ष आफुनै भएको सार्वजनिक रुपमा दावी गर्दै कार्य व्यवहार एकलौटी गर्दै गएपछि नेकपा अध्यक्ष द्धयमा विवाद उत्पन्न भएको थियो ।

पार्टीको निर्णय नमान्ने र एकलौटी रुपमा।सरकार सञ्चालन गर्ने तर्फ ओली अग्रसर भएपछि नेकपा भित्रकै शिर्षनेताहरु माधवकुमार नेपाल , झलनाथ खनाल , बामदेव गौतम पनि प्रचण्डलाई साथ दिन उभिए । यसपछि भने ओलीमा हलचल उत्पन्न भयो । एकलौटी रुपमा अध्यादेश ल्याएका ओली पार्टी भित्र र बाहिर चर्को आलोचनामा परे । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटामा परेको नेपाललाई कोरोना नियन्त्रण तथा रोकथाम भन्दा पनि सत्तारूढ दल नेकपा भित्रको विवाद प्रधानमन्त्रीको लागि प्रमुख बन्न गयो ।

नेकपामा सबैभन्दा ठुलो रुपमा देखिएको कार्यप्रमुखता हो । सरकारकाे नेतृत्व गर्ने ओली र पार्टीको नेतृत्व गर्ने दाहालले भन्ने पछिल्लो सहमति अनुसार पनि कार्यव्यवहार नभएपछि नेकपामा रुष्टता बढ्दै गयो । जसको प्रमुख कारण पार्टी बैठकको कुर्सी व्यवस्थापन पनि हो । पार्टी एकता हुदा दुई अध्यक्ष साथसाथै बस्ने गरेका अध्यक्षहरु मध्ये पछि ओली एक्लै बस्ने र प्रचण्डलाई दोस्रो लाईनमा राखिन थालेपछि प्रचण्डले असन्तुष्ट प्रकट गरे ।

प्रचण्डको असन्तुष्टसंगै दुई अध्यक्षको कुर्सी अगाडि र अन्य नेताहरूको पछाडि राखियो। लगत्तै नेकपाको स्थायी समिति बैठकमा नेकपाका सचिवलाय सदस्यहरूको सिट बालुवाटारको हलको मञ्चमा राखियो। जसमा ओली र प्रचण्डको कुर्सी समान हैसियतमा मिलाइयो। तर नेता माधवकुमार नेपाल र झलनाथ खनालको कुर्सी अलिक पछाडि राखियो। जसमा नेता नेपालले असन्तुष्टि जनाए। र आफैं कुर्सी अगाडि सारे।

त्यतिबेलासम्म नेकपामा विवादले उत्कर्ष लिईसकेको थियो । चार शिर्ष नेताहरु मञ्चमा बस्ने र अरु नेताहरू तल बस्नेमा अरु नेतहरुले पनि चित्त बुझाएनन । त्यसपछि नेता भिम रावलले कडा आपत्ति जनाएपछि सबै नेताहरुको कुर्सी तलको फ्लोरमा राखियो । यती हुदासम्म गुटगत विवाद झन बढि सकेको थियो । स्थायी समिति सदस्य मध्ये बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजिनामा मागि सकेका थिए । त्यसपछि प्रधानमन्त्री ओली बैठकमा उपस्थिति नहुने बाहाना बाजी गर्न थाले ।

ओली बैठकमा आफु मात्रै हैन प्रधानमन्त्री ओलीसहित उनी निकट स्थायी समिति सदस्यहरू बैठकमै अनुपस्थित भए। ओली बेगरको बहुमत सदस्यको बैठक बस्यो र केहि निर्णय गरेर सकियो । त्यस यतादेखि नेकपा स्थायी समिति सदस्यको बैठक बस्न सकेन । नेकपा भित्रको विवादले पार्टी फुट्ने ठाउँसम्म पुग्यो। पार्टीको गुटगत भेलाहरु जारी रहे ।

पार्टी भित्र चरणवद्ध छलफलपछि विवाद समाधान गर्न दुई अध्यक्षले कार्यदल बनाए। कार्यदलले अध्यक्ष केपी शर्मा ओली मुख्यत: सरकारको काममा र प्रचण्ड पार्टीका काममा केन्द्रित हुन सुझायो। जस अनुसार प्रचण्ड पार्टीको काममा केन्द्रित हुने भएपछि शुक्रबारको बैठकमा केन्द्रमा बसेर बैठक सञ्चालन गरे ।

बैठकमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल दायाँ र माधवकुमार नेपाल र वामदेव गौतम बायाँ राखेर प्रचण्डले बैठक सञ्चालन गरेका छन् । बैठकमा १३ जना सदस्यहरुले बोलेका थिए । अधिकासं बोल्ने नेताहरूले दुईअध्यक्ष मात्रै सर्वअपरिहार्य नभएको बताएका छन् । अब नेकपाको विवाद नयाँ मोडमा देखिएको र सहि दिशा निर्देश हुने या भड्किने भन्ने बारे यकिन गर्न नसकिने अवस्थामा रहेको छ ।