भक्तपुर घटना : घरमुलीले नै घटाएको हुन सक्ने

everest kitchen
.

काठमाडौं । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै घरका तीन जना मृत अवस्थामा फेला परे। मृत अवस्थामा फेला पर्नेहरुमा घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत रहेको थियो ।

घटनाको बारेमा खबर पाएपछि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापासहितको टोली घटनास्थल पुगेको थियो।
टोलीले काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटबाट फरेन्सिक टोली समेत बोलाएको थियो। सम्झना-सुशान्तको शव र सुदीपको शवको प्रकृति हेर्दा भने कसैको हारबाट निधन भएको देखिन्छ । घटना स्थल अनुसन्धान अधिकृतका अनुसार सम्झना र छोरा सुशान्तको खुर्पा प्रहारबाट निधन भएको देखिने बताएको छ । प्रहरीले घटनास्थलबाट प्रयोग भएको खुर्पासमेत फेला पारेको छ।

उनीहरूको केहिदिन अघिनै निधन भएको पाईएको शव सड्न थालेको अवस्थामा रहेकाले घटना केहिदिन अघिको घटना हुन सक्ने बताएको छ । सुदीपको भने शरीरमा चोट देखिएको छैन । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घटनास्थलबाट हामीले दुई वटा सल्फरको बट्टा पनि फेला पारेका छौं ।

शुक्रबार साँझ सुदीपका भाइ उनीहरू केही दिनदेखि देखा नपरेको भन्दै घर पुगेका थिए। उनी त्यहा पुगेपछि तीनै जना मृतअवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । सो घरमा उनीहरूबाहेक अरू बसेको देखिन्न। तल्लो सटरमा उनीहरूको किराना पसल रहेको थियो भने सुदिप हाल बेरोजगार रहेका थिए । बैंकको लोनले उनको घर लिलाम हुने अवस्थामा पुगेको एसएसपी थापाले बताए । घटनाको प्राम्भिक अनुसन्धानका क्रममा सुदिपले नै घटना घटाएको प्रहरी अनुमान छ । यसको बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।