प्रकोप रोकिएन, १२ सय २ को संक्रमित हुदा १४ जनाको निधन

everest kitchen

 

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २ सय २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय २ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५३ हजार २ सय २० पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर छ ।

त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १५ हजार २ सय ६० जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै नेपालमा गएको २४ घण्टमा ८ सय ५२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या बढेपनि निको हुनेकाे दर पनि बढेको तथ्यांकले देखाउने गरेको छ ।

नेपालमा हालसम्म ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १४ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाउने गरेको छ ।

त्यस्तै हालसम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख २० हजार १४५ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ८६ लाख ७९ हजार ३९३ रहेकाे छ । २ करोड ५ लाख ९४ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।