पीएनसीसी मलेसियाले जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने

everest kitchen
.

मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा नेपाली श्रमिकमा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समाजले जनाएको छ । मलेसियामा भोग्नु परेको विभिन्न कानुनी जटिलता, घर फिर्ति सम्बन्धि अन्यौलता र श्रमिकहरुले भोगेका समस्यालाई सहजिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको र उक्त कार्यक्रम आफ्ना समस्या र गुनासाहरु दर्ता गराउन समाजले एक सुचना मार्फत आग्रह गरेको छ।

कार्यक्रम आगामी सेप्टेम्बर १३ तारिख बिहान ९ बजे सांझ ५ बजेसम्म सञ्चालन हुनेछ । दुबै राज्यहरुमा एउटै मितिमा कार्यक्रम गरिने भएको छ । कार्यक्रम पेनाङको “पुलाउ पेनाङ स्थित बुकित जाम्बुल जलान रुम्बीयामा हुने सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै सोही मिति र समयमा जोहोरबारु राज्यको “सेनाइ जोहोर स्थित ३९, जलान साईबर १६, कावासन प्रेन्डसट्रन ४ मा कार्यक्रम सञ्चालन हुने भएको छ ।