लघुकथा : पाेखिएका सपना !

लघुकथा : पाेखिएका सपना !

वि.पि.अपरिचित

पल्लाघरे दिदीलाई डाक्दै सुन्तलीले भनी,”हेर्नु न,के भयाे के भयाे ? भरे भाेलि भएकाे भैंसी !” “मलाई डाकेर हुन्छ त,डाक्टरलाई पाे खबर गर्नु पर्छ,”भन्दै बाटुलीले पशु चिकित्सकलाई डाकी। डाक्टर र उनका बीचमा के के गन्थन भए…….!

एक कान दुई कान हुँदै छर-छिमेक अाँगनमा टम्म भए। डाक्टर अाए,`हुनेहार दैव नटार´चार दिनकाे अथक प्रयास पनि असफल भयाे।सुन्तलीले भने पिढींका छेउमा बसेर अाँखाका डिलबाट बगेकाे सरिताकाे प्रवाहलाई सारीकाे सप्काेले राेक्न सकेकी थिइन ।

ढाढस दिने हातहरु”यसरी हतास भएर हुन्छ त,यस्ताे बेला झनै समालिनु पर्छ,”भन्दै थिए ।

अाखिर पाँचाैँ दिनमा पाठेघरमै लुटपुटिएकाे पाडाे भेटियाे । शिथिल भई सकेकाले टुक्राटुक्रामा विभाजित अङ्ग निकालेकाे केही समयमै भैंसी जुरुक्क उठेर गाेठतिर लाग्याे । सबै अा-अाफ्ना घरतिर लागे ।

“के कति भयाे ?”
“अाैषधि र सेवाशुल्क गरेर चाैबीस हजार सात सय बीस भयाे,ठिकै छ ,चाैबीस हजार दिनुस् न,।”
गुन्द्रुके टालामा बेरेकाे पसिना डाक्टरलाई टक्याउँदै धन्यवाद दिँदा उसकाे मुहारमा खुसीकाे सीमा थिएन ।

सुन्तलीले अर्मपर्म र पेवाले जाेडेकाे भैंसी जुरुक्क उठेर गाेठमा पस्दा लालाबालाका अाेठ पनि रसाएका थिए । ताताे पानी तताएर सुत्केरी भैंसीलाई धाेई दिई । कमलाे घाँसपात राखेर ऊ निन्द्रादेवीकाे काखमा अाशाका मुना छातीमा टाँसेर लुटपुटिएकी थिई । सुन्तलीका अाँखा खुल्दा अलिखित सपनाहरु मैलाे पाेल्टाबाट छताछुल्ल भइसकेका रहेछन ; उसले सपनाहरु बटुल्न गरेकाे प्रयास असफल भएछ !

२०७७/०५/२७चितवन