बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो २४ जनाको अझै बेखबर

everest kitchen
.

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको हो ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा अझै २४ जना हराइरहेका छन् । उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा पहिरो गएको छ। माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए। यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो।

मेयर शेर्पाका अनुसार सम्भावना नआँकिएको ठाउँमै पहिरो गएको शेर्पाले बताए। ‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन,’ शेर्पाले भने।उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन्। घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको ठाउँमा पुगेका छन्। पहिरोको खबर आएपछि सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट गएका हुन्। यो उनको निर्वाचन क्षेत्र हो ।