वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई

everest kitchen

धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र बनेको आरोप लगाएका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता राईले भने,”पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको बताए । अब पार्टी बैकल्पिक र थप मजबुत बनाएर जानको लागि सबै लाग्नुपर्ने बताए । नेता राईले अब चुनाब नजिकै आईसकेको भन्दै सबै तयारी अवस्थामा रहनुपर्ने बताए ।

धरान स्थित एक कार्यक्रममा जनता समाजवादी विचारलाई आत्मसात गर्ने भन्दै धरान उपमहानगरपालिका भित्रका विभिन्न पार्टीमा आवद्ध रहेका २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेको पार्टीले बताएको छ ।

शनिबार पार्टी प्रवेश गर्नेहरूमा चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इश्बो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दवा शेर्पा, ज्ञानबहादुर राई रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रम जनता समाजवादी धरान उपमहानगर समितिले आयोजना गरेको हो । प्रवेश कार्यक्रममा जनता समाजवादी केन्द्रिय सदस्य भीम राई, दिपक मेन्यङ्बो, जेन्टल लावती, दुर्गामाया लिम्बू, लिम्बुवान समिति सदस्य बिबिन इवारम, गजेन्द्र इस्बो, कृष्ण लिम्बूलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो ।

कार्यक्रममा नेकपा , काङ्ग्रेस लगायतका विभिन्न पार्टीमा सक्रिय स्थानीय नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको बताएको छ । वाइसीएलका स्थानीय पुर्व इन्चार्ज समेत रहेका चन्द्र सोताङलेले अब समाजवादीले देश परिवर्तन गर्न सक्छ भनेरै आफु समाजवादीमा प्रवेश गरेको बताए ।