आज मलेसियामा ४७ जना नयाँ बिरामी थपिदा ७ जना निकाे भए

everest kitchen
.

ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ९ हजार १९६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ५९१ जनामा सक्रिय संक्रमण रहेको छ । पछिल्लो समय यो बढदो सङ्ख्या हो।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढ्न थालेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । हिजो मात्रै मलेसियामा ५८ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ५९१ जनामा संक्रमण सक्रिय रहेको छ । मलेसियामा पछिल्लोपटक साबाह र केडाह लगायतका राज्यमा सबैभन्दा धेरै बिरामी फेला परेको बताएको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप एरियामा आवागमन नियन्त्रण आदेश जारी गरेको छ।