नेपाली समाज मलेसियाको नर बहादुर पुनको अध्यक्षतामा ३१ सदस्य समिति चयन

everest kitchen
.

मलेसियाका राजनीतिक भ्रातृसंगठनमा पहिलोपटक जनजातिको नेतृत्व  

मलेसिया । जनता समाजवादी पार्टी नेपालको प्रवास विषेश “नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरको हो ।

आइतबार भर्चुअल रुपमा भएको अधिवेशनमा यसअघि विभिन्न उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । उक्त उम्मेदवारीमा दावि बिरोधको लागि समय दिएको र दिइएको समयावधिभित्र कुनै पनि पदमा कसेको दावि बिरोध नपरेकोले उम्मेदवारहरुलाई स्वतः निर्वाचित मनोनित भएको निर्वाचन समितिले जनाएको छ । भर्चुअल अधिवेशनलाई केन्द्रीय नेता जीएस गुरुङ र धन गुरुङले सम्बोधन गरेका थिए ।

उक्त अधिवेशनबाट अध्यक्ष – नर बहादुर पुन, उपाध्यक्षहरु: – भोजराज न्यौपाने ( बारुद ), गंगा चाम्लिङ राई, राम बहादुर तामाङ, मिसन खडका, होमेश्वर ठाकुर, मुख्य सचिव – घनश्याम चौधरी ( आरएन थारू ), सचिब – केवल कुलुङ, कृष्ण गुप्ता र बर्षात सिंह क्षेत्री रहेका छन् ।

यस्तै कोषाध्यक्ष – भुबन गौतम र सदस्यहरु : ईश्वर कुमार राई , हरि बहादुर गिरी, मनुराम राना मगर , मुक्ति थापा, लक्ष्मण थापा, गणेश लिंदेन, सरोज उपरकोटि, बिनोद नेपाली, लाजाई चौधरी, मोहन बहादुर नेपाली, राहुल बसाल, उमेश अधिकारी, रामकृष्ण अधिकारी, स्याम प्रसाद दुलाल, भक्तबहादुर क्षेत्रि, नविन पोखरेल, राजु घिमिरे, महेश अधिकारी, राजु मगर, कमल देबकोटा रहेका छन् ।

उक्त अधिवेशनमा निर्वाचन समिति संयोजक – भानुभक्त देवकोटा र सदस्यहरु गणेश राउत र बिपीन राई सहजिकरण गरेको समाजले उल्लेख गरेको छ ।                                                                           मलेसियामा सबै जसो राजनीतिक पार्टीका सहयोगी संगठनहरु रहेका छन्  । जसमध्ये मलेसियाको नेपाली राजनीतिक संगठनको इतिहासमा पहिलोपटक जनजातिले समुदायका पुनले नेतृत्व सम्हालेको एक सदस्यले बताए ।